Video Song

 

MP3 Song

 
Home » » रमेश खरेललाई काठमाण्डौमै फर्काउन निर्वाचन आयोगको निर्देशन

रमेश खरेललाई काठमाण्डौमै फर्काउन निर्वाचन आयोगको निर्देशन

१९ जेठ, काठमाण्डौ । निर्वाचन आयोगले काठमाण्डौको प्रहरी प्रमुखबाट हटाएर अघोषित निलम्बनमा राखिउका एसएसपी रमेश खरेललाई पुरानै जिम्मेवारीमा फर्काउन गृहमन्त्रालयलाई निर्देशनात्मक पत्र पठाएको छ । गृहमन्त्रालयको दवावमा खरेलको काज सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको निर्णय चुनावी आचार संहिता विपरित भएको भन्दै निर्वाचन आयोगले खरेललाई पुरानै जिम्मेवारीमा फर्काउन निर्देशन दिएको हो । यस अघि रमेश खरेललाई काज सरुवामा मुख्यालयमा तान्ने प्रयासलाई पनि आयोगले अवरुद्ध पारिदिएको थियो । प्रहरी अधिकृतहरु बढुवा पाउन पैसाको सुटकेस बोकेर शक्तिकेन्द्र धाएको भन्ने अभिब्यक्ति कार्यालयले खरेललाई सोधपुछका लागि भन्दै तानेको हो । खरेलले विवादास्पद अभिब्यक्ति दिएर अनुशासन उल्लङ्घन गरेको भन्दै गृहमन्त्रालयले दवाव दिएपछि प्रहरी प्रधान कार्यालयले खरेलवारे छानविन गर्न छानविन समिति नै गठन गरेको थियो ।


डिआाइजी विज्ञान शर्माको संयोजकत्वमा गठित समितिले खरेलसँग उक्त अभिब्यक्तिका विषयमा बयान लिइसकेको बताइएको छ । यद्यपी खरेललाई काज सरुवा गर्ने गृहमन्त्रालयको प्रयास निर्वाचन आयोगका कारण रोकिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई के कारवाही गर्ने भन्ने विषयमा टुङ्गो लगाएको छैन । खरेललाई कारवाही गर्न लागिएको विरोधमा नागरिक समाज र राजनीतिकस्तरमै समेत विरोध भैरहेको छ । सत्य कुरा उजागर गर्दा इमान्दार अफिसर रमेश खरेललाई कारवाही गर्न खोजिएको भन्दै गृहमन्त्री बामदेव गौतमको चौतर्फी आलोचना भैरहेको छ । एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराईले समेत रमेश खरेलले बोलेको कुरा सत्य भएको र प्रहरी बढुवामा पैसाको चलखेल भएको भन्दै कारवाहीको विरोध गरेका थिए । खरेलको पक्षमा रहेकाहरुले आइतबार राजधानीमा जुलुस निकालेका थिए भने फेसबुकमा खरेल बचाउ अभियान समेत चलाइरहेका छन् । स्रोत: नेपालिहेडलाइन





from nPnews Videos http://ift.tt/1p0DGlD

via IFTTT
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Songs - All Rights Reserved