युरोपको आकाशबाट एकै समयमा १३ विमान राडारबाट सम्पर्कविहिन पुगेपछि त्यहाँका सुरक्षा निकायमा हंगामा नै हुन पुगेको तथ्य सार्वजनिक भएको छ ।जुन ५ र जुन १२ मा इतिहासमै अनौठो मानिएको १३ वटा विमान एकै समयमा २५ मिनेट सम्म हराएपछि अचम्मित मात्रै तुल्याएन आतंक पनि सृजना गरेको खुलासा अष्ट्रियाली अधिकारीले गरेका हुन्।अष्ट्रिया र छिमेकी देशमा २५ मिनेट सम्म उडेका विमानको कुनै संकेत नदेखिएको तथ्य बाहिर आएपछि यसबारे अनुसन्धान शुरु भएको छ ।अष्ट्रियाको उड्डयन सुरक्षा एजेन्सीले २५ मिनेट सम्म १३ वटा आकाशमा उडिरहेका विमानको उचाइ र स्थान लगायतका कुनै पनि जानकारी कम्प्युटरको स्क्रिनमा नदेखिएको खुलासा गरेको हो यो घटनालाई हवाइ इतिहासकै अनौठो घटना मानिएको छ । यद्यपी पछि भने ती विमान सम्पर्कमा आएका थिए ।युरोपेली संघले यस सम्बन्धमा छानविन गर्न आदेश दिइसकेको छ भियानाबाट प्रकाशित हुने कुरियर नामक पत्रिकाले भियानामा मात्र नभएर सो समयमा जर्मनी, चेक गणतन्त्र, स्लोभाकियाका उड्डयन संयन्त्रले समेत उक्त समयमा ती विमानबारे कुनै सूचना नदिएको दावी गरेको छ ।
यस्तो अवस्थमा विमानहरु एक अर्कामा ठोक्किने खतरा निक्कै बढी हुने हवाइ सुरक्षा विश्लेषकहरु बताउँछन् । अष्ट्रियामा दैनिक ४ हजार विमान त्यहाँका आकाश भएर उड्ने गरेका छन् । यसै प्रकारको रहस्यमय घटनामा गत मार्च ८ मा मलेसियाको आकाशबाट २ सय ३९ जना यात्रुसहित हराएको बोइङ अहिले सम्म फेला परेको छैन । विभिन्न देशले संयुक्तरुपमा गरेको खोजिबाट पनि विमानबारे कुनै जानकारी मिल्न सकेको छैन ।
from nPnews Videos http://ift.tt/1oXC7Wx
via IFTTT

0 comments:
Post a Comment